जर्ज फ्लोइडको मृत्युको कारण अक्सिजन कमी : चिकित्सक | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

जर्ज फ्लोइडको मृत्युको कारण अक्सिजन कमी : चिकित्सक

एजेन्सी, २७ चैत । अफ्रिकनमूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको निधन अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले स्पष्ट पारेका छन् । प्रहरी अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिँदा घुँडाले फ्लोइडको घाँटीमा थिच्दा अक्सिजन लिन नसकेर उनको मृत्यु भएको चिकित्सकले स्पष्ट पारेका हुन् ।

हत्या अभियोग लागेका पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथि लागेको मुद्दाको सुनुवाईको क्रममा चिकित्सक डा.मार्टिन टोबिनले बिहीबार यस्तो बताएका हुन् । चोभनका पक्षका वकिलले भने फ्लोइडको मृत्यु फेन्टनायल नामक एक प्रकारको लागूऔषधका कारण भएको दाबी गर्दै आएको छ ।

गएको वर्ष जर्ज फ्लोइडको मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा मृत्यु भएको थियो । चोभनले फ्लोइडलाई करिब १० मिनेट घँुडाले घाँटीमा थिचेको थियो । सो भिडियो भाइरल पनि भएको थियो । भिडियोमा अश्वेत नागरिकप्रति प्रहरीको ज्यादती देखे पछि अमेरिकाका विभिन्न राज्यहरु लगायत अन्य देशहरुमा समेत ब्ल्याक लाइफ म्याटर्स आन्दोनल चलेको थियो ।

Leave a Reply