काठमाडौं, २६ चैत। नेपाल पत्रकार महासंघको बुधबार भएको निर्वाचनको मतगणना जारी छ। कतिपय जिल्लाको मत परिणाम बुधबारै सार्वजनिक भएको छ।
मतगणनाको प्रारम्भिक परिणाम अनुसा अधिकांस जिल्ला, प्रदेश र प्रतिष्ठानमा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ। अधिकांस जिल्ला र प्रदेशहरुमा पानि पोखरेल प्यानलका उम्मेदवारले बिजय हासिल गरेका छन् ।
महासंघको इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट भएको यो निर्वाचना देशभरीबाट १३ हजार पत्रकारले मतदाता थिए। निर्वाचन परिणाम अनुसार काभ्रे, ललितपुर, झापा, लगायतका जिल्लामा पोखरेल प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।
त्यस्तै काठमाडौमा जारी मतगणनमा पनि पोखरल प्यानलका उम्मेदवारले अग्रता लिएका छन् ।