पत्रकार महासंघमा बाम लोकतान्त्रिक गठबन्धन विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, ६ भदौ । राजधानीमा जारी नेपाल पत्रकार महासंघको महाधिवेशनमा गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ। पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् भने प्रदेशबाट केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ।

 

प्रेस चौतारीका उम्मेदवार तीर्थ कोइरालालाई करिब एक सय मतान्तरले हराउँदै प्रेस युनियन, प्रेस सेन्टर लगाएत गठबन्धनका उम्मेदवार आचार्य अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन्।

 

सचिवमा महिलाबाट लक्ष्मी पुन, आदिवासी जनजातीबाट उदय जीएम, मधेसीबाट शीतलप्रसाद महतो, दलितबाट रेमबहादुर विक, एशोसियट सचिवमा प्रकाश थापा तथा कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए भने लेखा समितिको संयोजकमा रोशन पुरी विजयी भएका छन्।

 

प्रदेशबाट निर्वाचित 

प्रदेश नम्बर १

उद्धव तिमिल्सिना – प्रेस युनियन

सटेन्द्र जबेगु – प्रेस चौतारी

 

प्रदेश नम्बर २

देवराम यादव – प्रेस सेन्टर
शैलेन्द्र झा – प्रेस युनियन

 

प्रदेश नम्बर ३

द्वारिका काफ्ले – प्रेस चौतारी
कृष्ण गिरी – प्रेस चौतारी

 

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली – प्रेस चौतारी
नवीन कुइँकेल – प्रेस सेन्टर

 

प्रदेश नम्बर ५

बसन्त गिरी – प्रेस सेन्टर
पुरुषोत्तम सुवेदी – प्रेस युनियन

 

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल – प्रेस युनियन
पुर्ण प्रसाद चौलागाईं – प्रेस सेन्टर

 

प्रदेश नम्बर ७

मीन बम – प्रेस युनियन
उत्तर विष्ट – प्रेस चौतारी र श्याम भट्ट – प्रेस सेन्टर  (४५–४५)

 

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने – प्रेस सेन्टर
गोबिन्द चौलागाईं – प्रेस चौतारी

 

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान – प्रेस सेन्टर
यम बिरही – प्रेस युनियन

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);