काठमाडौं, २५ चैत । सुनको मूल्य फेरि उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोलामा पाँच सय रुपैँयाले बढेर ८८ हजार निर्धारण गरिएको छ । यसअघि मंगलबार सुन प्रतितोलाको ८७ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि १० रुपैँया बढेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोलाको एक हजार २ सय ४५ रुपैँया निर्धारण गरिएको छ ।