उकालो लागेको सुनको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उकालो लागेको सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैँयाले घटेर ९० हजार ७ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि सोमबार सुन प्रतितोलाको ९१ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर रहँदै आएको छ । गएको शुक्रबारदेखि नै चाँदी प्रतितोलाको एक हजार ३ सय रुपैँयामा कारोबार हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);