कोरोनाविरुद्धको दोस्रो डोज खोप वैशाख ७ देखि दिने निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कोरोनाविरुद्धको दोस्रो डोज खोप वैशाख ७ देखि दिने निर्णय

काठमाडौं, २४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ७ देखि ११ गते सम्म दोस्रो डोजको कोरोनाविरुद्धको खोप लगाउने कार्य सुरु गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिलाई दोस्रो डोज खोप दिने निर्णय गरेको हो । सोही अनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ ।

प्रथम चरणमा पहिलो र दोश्रो प्राथमिकताका लक्षित समुहहरुलाई २०७७ माघ १४ देखी फागुन १० गते सम्म सो खोपको पहिलो मात्रा लिएकाहरुलाई २०७८ बैशाअ ७ देखि ११ गते सम्म खोपको दोश्रो मात्रा लगाउने भएको हो ।

मन्त्रालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्नेछ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लगाइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);