बर्दिया, २५ असोज । बर्दियामा फुटबल खेल्ने क्रममा एक खेलाडीको मृत्यु भएको छ ।
मङ्गलबार बर्दियाको ठाकुरबाबा नगरपलिकामा बिजयादशमी तथा शुभदीपावलीको अवसरमा आयोजित फुटबल प्रतियोगिताको क्रममा बेहोस भएका ३ बगनाहा बस्ने १७ वर्षीय खेलाडी नरेश थारु बेहोस भएका थिए ।
उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।