टाउको काटी हत्या गर्ने २ जना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

टाउको काटी हत्या गर्ने २ जना सार्वजनिक

सर्लाही, १८ चैत । सुशिल यादवको टाउको काटी हत्या गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेका छन् ।

हत्यामा संलग्न मलङ्वा नगरपालिका १० बस्ने बर्ष ४५ का बिमलकान्त पाठक र बिहार बथनाहा घर भैइ हाल मलङ्वा बस्दै आएका बर्ष ४१ का असोक झालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी सन्तोष सिह राठौरले जानकारी दिए ।

घरायसी लेनदेनको विषयलाई लिएर बिमलकान्त पाठक र असोक झाले योजना बनाएर यादबलाई हत्या गरेको एसपी राठौरले जानकारी दिए ।

मलंगवा नगरपालिका वडा न-१० नागेन्द्र रायका छाेरा अन्दाजी ३० वर्षीय सुशील रायकाे १२ गते बिहीबार बिहान पचगछिया चौरी नजिकैको खेतमा शरिरबाट टाउकाे काटिएको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेको थियो । ।

रायको टाउको ६० मिटरको दुरीमा अर्को खेतमा भेटिएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);