५ सय भन्दा बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाउने गिरोहको पर्दाफास | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

५ सय भन्दा बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाउने गिरोहको पर्दाफास

काठमाडौं । ५ सय भन्दा बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न समयमा पक्राउ गरी आज बुधवार सार्वजनिक गरेका हो ।

पक्राउ परेका पाँच जनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत सेटिङ गरेको खुलेको छ । प्रति नागरिकता डेढ लाखसम्म लिएर बनाइदिने गरेको खुल्न आएको कार्यालयका प्रवक्ता समेत रहेका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

विगत ६ वर्ष देखि यस्ता गतिविधिमा संलग्न मध्येका कृष्ण बहादुर कटवालले मात्रै ५ सय भन्दा बढी तिब्बती शरणार्थीलाई नागरिकता दिलाइसकेको राठौरले बताए । यो कार्यमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरु उपर समेत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको बौद्ध र जावलाखेलमा तिब्बती शरणार्थीको क्याम्प रहँदै आएको छ । उनीहरुमध्ये कतिपयले नेपाली नागरिकता लिएको चर्चा चल्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);