नेपाल पक्षीय स्थायी समितिको आकस्मिक बैठक बस्दै,माओवादी फैसला पुनरावलोकनमा सर्वोच्च जाँदै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपाल पक्षीय स्थायी समितिको आकस्मिक बैठक बस्दै,माओवादी फैसला पुनरावलोकनमा सर्वोच्च जाँदै

काठमाडौं, १७ चैत। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका नेता माधवकुमार नेपाल र भीम रावललाई छ महिनाका लागि साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि नेपाल पक्ष थप आक्रोशित बनेको छ। भावी रणनीति तय गर्न सो पक्षले मंगलबार १२ बजे आकस्मिक स्थायी समितिको बैठक बोलाएको छ। बैठकले देशभर पार्टीको समानान्तर कमिटी बनाउने एजेण्डा राखेको स्रोतले बतायो।

पार्टी हित विपरीत गतिविधि गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सो पार्टीका नेता माधवकुमार नेपाल र भीम रावललाई निलम्बनको पत्र पठाएका थिए।

यता नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बदर गरिएको फैसलाविरुद्ध पुनरावलोकनका लागि आज (मंगलबार) सर्वाेच्च अदालतमा निवेदन हाल्ने भएको छ।

निवेदन हाल्न ११ बजे माओवादी केन्द्रका नेता अदालत पुग्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ।

पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले गत फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो। साथै ती पुरानै दुई दल कायम गरिदिएपछि नेकपाबाट अलग्गिएका एमाले र माओवादीका कतिपय नेता अदालतले मागदाबीभन्दा बढी फैसला गरेर ‘राजनीतिक’ निर्णय गरेको भन्दै असन्तुष्ट छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);