गठबन्धनमा माथि–माथि तालमेल, तल–तल जालझेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौं, २५ असोज । नेकपा (एमाले) सिन्धुलीको प्रतिनिधिसभा-१ मा टिकट पाउन जिल्ला अध्यक्ष प्रदीप कटुवाल र सांसद गणेश पहाडीबीच टकराव हुने देखिएको छ भने खड्काको तुलनामा केशव देवकोटाको सम्भावना देखिएको छ।

माओवादी केन्द्रसँग ६०/४० को समिकरणअनुसार एमालेले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा माओवादीलाई छाड्ने देखिन्छ। माओवादी केन्द्रको तर्फबाट हरिबोल गजुरेल २ मा पक्कापक्की नै छ भने जिल्ला अध्यक्ष राजन दाहाल, विषमलाल अधिकारी, डम्बर कार्कीमध्ये २ जनाको प्रदेशमा पक्का गर्न माओवादी नेताहरु लागि परेका छन्।

यता नयाँ शक्ति पार्टीका केन्द्रीय नेता गंगानारायण श्रेष्ठले आफ्नो गृहजिल्ला सिन्धुलीमा जनआधार नभएपनि एक प्रदेश दाबी गर्नसक्ने देखिएपछि एमाले–माओवादीमा खैलाबैला मच्चिएको छ। उता सिन्धुली कांग्रेसले प्रतिनिधिसभा १ को लागि सभापति उज्जलप्रसाद बराल र मोहन बराल सिफारिस भएका छन् भने २ का लागि नरेन्द्रजंग थापाको नाम पठाएको छ। उनीहरु एकै परिवारका हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);