आज चितवन जिसस चुनाव, कांग्रेस-एमाले भिड्दै, माओवादीलाई सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवन, २५ असोज । चितवनमा आज जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन हुने भएको छ। निर्वाचनमा एमाले र कांग्रेस आमनेसामने भएका छन् भने केन्द्रीय तालमेलले माओवादी केन्द्र भने दोधारमा छ।

कुल नौ सदस्यीय समितिमा प्रमुख, उपप्रमुख, तीन महिला, तीन खुला र एक दलित तथा अल्पसंख्यक प्रतिनिधि छनौटका लागि चुनाब हुँदै छ। जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका, एक गाउँपालिकाका प्रमुख र उप्रमुख यसका मतदाता हुन्।

चितवनका ७ तहका १४ पदमध्ये एमाले एक्लैले ९ पद जितेको छ। जिल्ला समन्वय समितिको गठनका लागि एमाले एक्लैको बहुमत पुग्छ। एमालेतर्फबाट जिसस प्रमुखमा कृष्णकुमार डल्लाकोटी, उपप्रमुखमा मुना कुमारी श्रेष्ठको उम्मेद्वारी परेको छ।

महिला सदस्यमा खिलकुमारी सिंखडा, लिलादेवी पोखरेल, सीता पुन, दलित र अल्पसंख्यकमा गुनु विक, खुल्ला सदस्यमा कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चुडामणि महतो भिड्दै छन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट जिससको प्रमुखमा भरत अधिकारी र उपप्रमुखमा टिका दाहालले उम्मेद्वारी दिएका छन्।

यस्तै महिला सदस्यमा भरथी थरुनी, रमा भट्टराई, शान्ति परियार, दलित र अल्पसंख्यकमा सावित्री वि।क, खुल्ला सदस्यमा प्रेमप्रसाद शर्मा, रविन्द्र गौतम र हरेराम तामाङको उम्मेद्वारी परेको छ। आगामी प्रदेश र संघको निर्वाचनका लागि केन्द्रमा एमाले र माओवादीबीच गठवन्धन भएको सन्र्दभमा माओवादीले मत एमालेलाई हाल्ने निर्णय गर्न सक्ने माओवादी नेताहरुले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);