जिसस रसुवा नेतृत्वका लागि कांग्रेस र एमालेको बराबर मतदाता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जिसस रसुवा नेतृत्वका लागि कांग्रेस र एमालेको बराबर मतदाता

UML-congress

रसुवा । रसुवामा जिल्ला समन्वय समिति (जिसस) को  प्रमुख तथा अन्य पदका लागि दुई दलको बराबर मतदाता रहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको बराबर मतदाता रहेका हुन् । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षले मतदान गर्न पाउँछन् । रसुवामा जिससको निर्वाचनमा पाँचवटा पालिकाका १० जना मतदाताले मतदान गर्ने छन् । जिल्लामा पाँच वटा पालिका रहेका छन् ।

पालिका अध्यक्षमा दुई र उपाध्यक्षमा तीन गरी नेकपा एमालेको पाँच जना र पालिका प्रमुखमा तीन र पालिका उपप्रमुखमा दुई गरी नेपाली कांग्रेसको पाँच जना मतदाता छन् । जिससको निर्वाचन जित्न कम्तिमा पनि ६ मत ल्याउनुपर्छ । जिसस जित्न एमाले र कांग्रेस दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । कांग्रेस र एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने देखिएको छ ।

जिसस प्रमुखका लागि नेकपा एमालेबाट विजय लामा र अशोक घिमिरेको दाबी छ । त्यसैगरि नेपाली कांग्रेसबाट बमबहादुर गुरुङ र ओम आचार्यको दाबी  छ ।  जिससको अन्य पदका लागि दुवै दलले आन्तरिक तयारी गरिरहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);