मलाई घोक्रयाएर पार्टीमा फर्काइयो : नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मलाई घोक्रयाएर पार्टीमा फर्काइयो : नेपाल

काठमाडौं, १४ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गरेका छन् । अदालतको फागून २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताए ।

नेता नेपालले भने ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाइहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरी सार्वोच्च अदालतले घोक्रयाएर पठाईदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ । ’ तर त्यसबाट आफू नडराउने पनि प्रष्ट पारे ।

नेता नेपालले थप भने ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरी डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरी अर्को आरोप लाग्ला त्यसपछि कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’

नेपालले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताए । उनले भने ‘महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);