प्रदीप नेपालले छाडे माधवको साथ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदीप नेपालले छाडे माधवको साथ

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन् । पार्टीले जनताको बहुदलीय जनवाद जबज सिद्धान्त छोडेको भन्दै नेता प्रदीपले आफू उक्त पार्टीमा नरहेको जानकारी दिएका हुन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उनको आरोप छ । ‘तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोका कै उपहार लिएर जानु पर्ने भो,’ नेपालले भनेका छन् ।

नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गरेका छन् । ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ,’ नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);