बंगलादेश विरुद्धको ३ मध्ये पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ८ विकेटले विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

बंगलादेश विरुद्धको ३ मध्ये पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ८ विकेटले विजयी

एजेन्स, ७ चैत। बंगलादेशविरुद्धको ३ मध्ये पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम न्युजिल्याण्ड विजयी भएको छ ।

न्युजिल्याण्डको डुनेडीनमा शनिबार भएको पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोलीले बंगलादेशलाई ८ विकेटले हराएको हो । बंगलादेशले दिएको १ सय ३२ रनको विजयलक्ष्य न्युजिल्याण्डले २१ दशमलव २ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

न्युजिल्याण्डको जितमा हेनरी निकोलसले अविजित ४९, मार्टिन गुप्टिलले ३८ र डेभोन कोनवेले २७ रन बनाए ।

बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १÷१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो । बंगलादेशका लागि ममुदउल्लाहले सर्वाधिक २७ रन जोड्दा मुस्फिकर रहिमले २३ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्न न्युजिल्याण्डका ट्रेण्ट बोल्टले ४ तथा जेम्स निशम र मिचेल स्टानरले २÷२ विकेट लिए ।

जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);