अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोटमा परी ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोटमा परी ३ जनाको मृत्यु

एजेन्सी, ६ चैत। अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी ३ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार सरकारी कर्मचारी बोकेको गाडीमा आज बम विष्फोट गराइएको हो । काबुल प्रहरीका प्रवक्ताले तीनजनाको मृत्यु भएको पुष्टि गरे पनि यस विषयमा थप जानकारी दिएका छैनन् ।

रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि, तालिबान, अमेरिका, रुसलगायत मुलुकका प्रतिनिधिहरुबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विष्फोट भएको हो ।

घटनाको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले लिएको छैन । तर, अफगान सरकारले भने पछिल्लो समय सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुमाथि तालिबानी लडाकूले आक्रमण गर्दै आएको आरोप लगाउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);