मोरङ, १ चैत । मोरङको सुन्दरहरैंचास्थित गछियामा सम्पन्न एक नम्बर प्रदेश स्तरीय पुरूष भलिवल प्रतियोगिताको उपाधि दकम झापाले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा आयोजक जनसहयोग युवा क्लव सुन्दरहरैंचालाई ३–० को सोझो सेटमा पराजित गर्दै दमक झापाले उपाधि जितेको हो । उपाधि विजेता दमकले १ लाख १ हजार १ सय ११ रूपैयाँ पुरस्कार तथा ट्रफि पाएको छ ।
यता उपविजेतामा चित्त बुझाउन बाध्य आयोजकले ५१ हजार १ सय ११ रूपैया र ट्रफि पाएको छ । यस्तै आइतबार नै तेश्रो स्थानका लागि भएको खेलमा रामधुनी सुनसरीलाई पराजित गर्दै विमान ट्रेडर्स विर्तामोड विजयी भएको छ ।
तेस्रो भएको बिर्तामोडले नगद २५ हजार १ सय ११ रूपैया ट्रफि हात पारेको छ । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ ।