काठमाडौं, १ चैत। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि केन्द्रीय कमिटि बैठक बस्न लागेको हो ।
बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समिकरण, पार्टीको नाम र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिने बताइएको छ । साथै बैठकमा सर्वाेच्चको फैसलापछि पार्टीमा नफर्कने माओवादी नेताहरुलाई शनिबार सोधिएको २४ घण्टे स्पष्टिकरणबारे पनि समीक्षा गरिने बताइएको छ । शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका ६ मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।
अहिले गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।