काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल र झलनाथ खनाल पक्षलाई चैत ७ गते बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा आह्वान गरेका छन् ।
शनिबार भृकुटी मण्डपमा अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन कै क्रममा प्रधानमन्त्री ओलीले चैत ७ गते बालुवाटारमा केन्द्रीय कमिटीको राखेको जानकारी गराउँदै नेपाल–खनाल पक्षलाई बैठकमा आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई प्रशस्त समय रहोस् भनेर चैत ७ गते बैठक बोलाएको उनको भनाई छ । उनले बैठकमा अनुपस्थित हुँदै गए विधानको व्यवस्था अनुसार हुँदै जाने चेतावनी समेत दिए ।
साथै उनले पार्टीको काम चलाउँदै गर्न केन्द्रीय सदस्यहरुहरुलाई जिम्मेवारी दिइएकोे र कसैलाई केही कारवाही नगरेको बताए । बैठकमा बसेर कसरी आगडि बढ्ने विषयमा छलफल गर्न पनि उनले नेताहरुलाई आह्वान गरेका छन् ।