सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौति

काठमाडाैं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौति दिनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिनुभएको हो ।

उहाँले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुले संसदीय मुल्य मान्यता र मर्यादाविरित क्रियाकलाप गरेका आरोप लगाउनुभयो । मुद्दा लडेर संसद पुर्नस्थापना गराएर संसदमा धामी नाँच देखाएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशबाटै आफु कुन दलको हो भन्ने स्पष्ट भईसकेको भन्दै उहाँले आफुलाई कुन पार्टीको हो भनेर प्रश्न गर्ने सांसदलाई सर्वोच्च अदालतलाई सोध्न आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);