प्रतिनिधिसभा बैठकप्रति ओलीको कटाक्ष, छलफल गरेको कि धाँमी नाचेको? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रतिनिधिसभा बैठकप्रति ओलीको कटाक्ष, छलफल गरेको कि धाँमी नाचेको?

pm kp sharma oli

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आईतबार संसदीय दलको बैठक सकिएर प्रतिनिधिसभाको बैठकमा नबसी बाहिर निस्के। बाहिर निस्कदै उनले प्रफुल्ल मुद्रमा सर्बोच्चले एमाले माओपादी केन्द्र ब्युताउन गरेको फैसलाको सम्मान गरे। तर आईतबारको प्रतिनिधसभाको बैठकमा उनी देखा परेरनन् ।

सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीको तर्फबाट बिभिन्न अध्यादेश अनुमोदन गर्न मन्त्री लिलानाथ श्रेष्ठलाई रोष्टममा समय दिए। मन्त्री गएर उभिने वित्तिकै दाहाल नेपाल पक्षका सांसदहरुले उठेर हल्ला गरे। त्यसपछि स्थायी समिति सदस्य एवं संसाद भीम रावललाई समय दिए । रावलले प्रश्न गरे अहिलको सरकार कुन पार्टीको हो?

तर सोमबार प्रधामन्त्री ओलीले रावलाई जवाफ फर्काए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्धारा सोमबार आयोजित १ सय ११ औँ महिला दिवसको अवसर बोल्दै प्रधानमन्त्रीले भने, ‘यदि मैले उहाँलाई कुन पार्टीको हो भनेर सोधेँ भने ?

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने , ‘ प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ’।

प्रधानमन्त्री ओलीले पुनस्स्थापित संसदमा देशका समस्याबारेमा छलफल हुन पाउनेपर्ने भए पनि आइतबार त्यस्तो अवस्था नभएको बताए । उनले भने, ‘संसद पुनस्स्थापना भयो, ठीक छ । स्थापित संसद्लाई देशका समस्याका बारेमा छलफल गर्ने, समाधान गर्ने थलो बनाऔँ । अगाडि माननीय लेखिएको हुन्छ । माननीयले बोल्ने भाषामा छलफल गरौं न । छलफल गरेको हो कि ? धामी नाँच हो कि ? गुर्र कुदेर आएर रोष्ट्रममा नारा लगाएका छन् । अध्योदश फेल गरे भयो नि । अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी भयो ।’ संसदपुर्न स्थापना किन गरया रहेछ भने उफ्रिन मुद्धा हाल्न । संसद त्यसका लागि पो पुर्नस्थापना भएको रहेछ प्रधानमन्त्रीले भने।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);