भक्तपुरमा ५३ हजारलाई दोस्रो चरणको खोप लगाइने | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

भक्तपुरमा ५३ हजारलाई दोस्रो चरणको खोप लगाइने

भक्तपुर, २३ फागुन । सरकारले आज देखि सुरु गरेको दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानकालागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ । आइतबार देखि सुरू भएको अभियानमा भक्तपुरका ५३ हजार ५ सय ५ जनालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनका अनुसार सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा निःशुल्क खोप दिने भएपछि भक्तपुरमा ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । भक्तपुरका ४ वटा नगरपालिकामा विगतमा छुटेका समेत गरेर ज्येष्ठ नागरिकलाई खोप दिने योजना स्वास्थ्य कार्यालयको रहेको छ । भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा निर्धारण गरिएको १०÷१० तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा ११÷११ गरी कूल ४२ खोप केन्द्रबाट खोप दिइने भएको छ ।

आज बाट ९ दिन भित्रमा भक्तपुरमा १२ हजार ८ सय २, मध्यपुरमा १२ हजार ८ सय ५२, सूर्यविनायकमा १२ हजार ९३ र चाँगुनारायणमा ८ हजार ९ सय ३३ गरी कूल ४६ हजार ६ सय ८० जनालाई खोप लगाइने प्रमुख मिजारले जानकारी दिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार प्रत्येक खोप केन्द्रमा तालिम प्राप्त १ खोपकर्ता र ३ स्वास्थ्यकर्मी खटाइने भएको छ ।

दोस्रो चरणको खोप अभियानमा कूल ४ सय २८ स्वास्थ्यकर्मी, १ हजार २ सय ८४ स्वयंसेवक परिचालन गरिने भएको छ । स्वास्थ्य कार्यालयका खोप अधिकृत प्रेम श्रेष्ठले खोप लगाउँदा कसैलाई स्वास्थ्यमा समस्या आएमा तत्काल उपचारका लागि आईसीयू सहितको उपचार व्यवस्था गरिएको बताए । पहिलो चरणको खोप अभियानमा खासै स्वास्थ्यमा जटिल समस्या नआए पनि पूर्व तयारी भने गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);