इराकस्थित अमेरिकी गठबन्धन रहेको सैनिक शिविरमा रकेट आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इराकस्थित अमेरिकी गठबन्धन रहेको सैनिक शिविरमा रकेट आक्रमण

एजेन्सी, १९ फागुन । पश्चिमी इराकस्थित अमेरिकी गठबन्धन रहेको सैनिक शिविरमा बुधबार रकेट आक्रमण भएको छ । गठबन्धनका प्रवक्ता कर्णेल वायन मारोट्टोको हवाला दिंदै, इराकको अनवर प्रान्तमा रहेको अमेरिकी गठबन्धन सैनिक हवाई अड्डामा कम से कम १० वटा रकेट आक्रमण भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । आक्रमणबाट भएको क्षतीको विवरण भने सार्वजनिक गएिको छैन ।

अघिल्लो साता अमेरिकाले सीरिया–इराक सीमा नजिक रहेको ईरान समर्थित मिलिशिया संगठनको शिविरलाई निशाना बनाउँदै हवाई हमला गरेको थियो । पछिल्लो आक्रमणलाई त्यसैको जवाफी कारवाहीका रुपमा हेरिएको छ । बुधबारको रकेट आक्रमणका सम्बन्धमा इराकी सेनाद्वारा जारी विज्ञप्तीमा रकेट आक्रमणले कुनै खासै क्षति नपुगेको र इराकी सेनाले मिसाइल आक्रमणमा प्रयोग गरिएको लन्च प्याड बरामद गरेको बताइएको छ ।

बितेका एक महिनामा इराकस्थित अमेरिकी नेतृत्वको सैनिक अड्डामा भएको यो दोश्रो आक्रमण हो । इराकमा हुने पोप फ्रान्सिसको भ्रमण बिथोल्न यो आक्रमण भएको आशंका गरिएको छ । पोपले इराकको बगदाद, दक्षिणी इराक र उत्तरी इराकी शहर इरबिलको भ्रमण गर्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);