अफगानिस्तानको जलालावादमा तीन जना सञ्चारकर्मी महिलाको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अफगानिस्तानको जलालावादमा तीन जना सञ्चारकर्मी महिलाको हत्या

एजेन्सी, १९ फागुन । अफगानिस्तानको जलालावादमा तीन जनासञ्चारकर्मी महिलाको हत्या भएको छ । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै स्थानमा गोली हानेर तीन जना महिला संचारकर्मीको हत्या गरिएको छ भने भने एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ ।

स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घटनालाई लिएर राष्ट्रपति अशरफ घानीले तालिवानी विद्रोहीलाई नियन्त्रणयमा लिन सरकार लागिपरेको बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);