झापा, १५ फागुन । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीखोला ईलाकाबाट फागुन १४ गते एपीएफ टोलीले करीब ४ सय ५० मिलि ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने हेमन्त खनाललाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मेचीपुलबाट खटिएको एपीएफ टोलीले उनलाई उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज खनाललाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका निज खनाललाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।