पत्रकार राष्ट्रिय दबू भक्तपुरको सातौँ वार्षिक साधारणसभा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पत्रकार राष्ट्रिय दबू भक्तपुरको सातौँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, १२ फागुन । नेवाःपत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । चैत महिनाको केन्द्रिय साधारणसभा अघि देशभरका २४ जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा कार्यक्रम भइरहेको छ ।

यसअघि काभ्रे जिल्ला शाखाले फागुन ८ गते कार्यक्रम गरेको थियो । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यावसायिक पत्रकारिताको आवश्यकतालाई औँल्याउँदै संस्थागत रुपमा अघि बढ्न अपिल समेत गर्नुभयो । त्यस्तै महासचिव सुनिल महर्जनले सांस्कृतिक र खोजमूलक पत्रकारिता गर्न आग्रह सम्पूर्ण पत्रकारलाई आग्रह गर्नुभयो । भक्तपुरमा सक्रिय सञ्चारकर्मीहरुले समाचारमा फरक कोणलाई प्राथमिकता दिँदै आएकोमा धन्यवाद दिँदै अझै स्तरिय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

यता कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरुको जटिल प्रकृतिको स्वास्थ्य समस्यामा पत्रकार राष्ट्रिय दबूले आर्थिक सहयोग गरिरहेको बताउनुभयो । पत्रकार राष्ट्रिय दबूमा आवद्ध सञ्चारकर्मीहरुको लागि पन्ध्र लाखको अक्षय कोष स्थापना भइसकेको बताउँदै सोही कोषलाई बढाएर ५० लाख पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला अध्यक्ष रामगोपाल तमखुको सभापतित्वमा आयोजित कार्यक्रममा बाबुकाजी साःछेँ श्रेष्ठ, हरिसुन्दर छुकाँ, सुरेश ख्वाकः श्रेष्ठ, प्रकाश मल्ल लगायतका सञ्चारकर्मीहरुको सहभागिता थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);