राईविरुद्धका अविश्वासको प्रस्ताव प्रदेश सभामा, २० गते प्रस्तावमा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राईविरुद्धका अविश्वासको प्रस्ताव प्रदेश सभामा, २० गते प्रस्तावमा छलफल हुने

विराटनगर, ७ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा टेवुल भएको छ । सत्तापक्षका सांसदहरुको उपस्थिति विनै आइतबार सुरु भएको बैठकमा सो प्रस्ताव टेवुल भएको हो । अर्को बैठक फागुन २० गतेका लागि तोकिएको छ।

सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरी फागुन २० गते नयाँ मिति तोकिएको सदनलाई जानकारी गराएका छन् ।

निर्धारित २ बजेको समयभन्दा झण्डै २ घण्टापछि बसेको बैठकमा प्रचण्ड(माधव पक्षका सांसद ईन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पेस गरेका थिए । २० गते सो प्रस्तावमा छलफल हुने छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);