कालिकोट, २१ असोज । कालिकोटका पत्रकार अर्जुनप्रसाद भट्टराईमाथि शुक्रबार पौने ६ बजे सांघातिक आक्रमण भएको छ ।
भट्टराईलाई शुक्रबार बेलुका अज्ञात समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कुटपिटबाट बेहोस बन्नुभएका भट्टराईको जिल्ला अस्पताल कालिकोटमा सामान्य उपचारपछि नेपालगन्जस्थित नेपाल मेडिकल कलेज रेफर गरिएको छ ।
भट्टराईको अझै होस नखुलेको र पिसाबबाट रगत बग्न थालेको भट्टराईका दाजु गौरीले जानकारी दिएका छन् ।
भट्टराई पत्रकार महासंघका केन्द्रीय पार्षद तथा प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष हुन् ।




