बालिकालाई कालोमोसो दल्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विराटनगर, २२ असोज । बेलबारीमा एक बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जना पक्राउ परेका छन् ।

बेलबारी–२ स्थीत देवीथान डाँडा बस्ने हेमकुमार परियारकी १४ वर्षीया छोरी सम्झना परियारलाई अनुहारमा कालोमोसो दल्नुका साथै यो चोर्नी हो भनेर क्षेत्र परिक्रमा गराएका थिए ।

अनिता दनुवारको घरबाट सात सय रुपैयाँ चोरी गरेको आरोपमा बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारले कालो मोसो दलेर टोल परिक्रमा गराएका थिए ।

अन्य स्थानीयले सो बारे खबर दिएपछि प्रहरीले बालिकाको उद्धार गर्नुको साथै घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);