मोरङ । मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोरङमा ४८ वर्षीया महिला बलात्कृत
ताजा समाचार
संसदीय समिति सभापतिकाे निर्वाचन आज
१ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
१ घन्टा अघि
बढ्दो महँगी र जनजीवनमा प्रभाव
१७ घन्टा अघि




