अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस सम्पन्न

इटहरी, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसर पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले आयोगलाई विवाद रहित वनाउनु पर्ने सुझाव दिएका छन ।

आयोगको इटहरी कार्यालयका प्रमुख बाबुराम खतिवडाको अध्यक्षता तथा प्रदेस नम्बर १का प्रदेस प्रमुख सोमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बक्ताहरुले आयोगलाई विवाद रहित वनाउनु पर्ने सुझाव दिएका हुन ।

कार्यक्रमका बक्ता विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले आयोगमा पदाधिकारी नियुक्त गर्दा समेत राजनैतिक भाग वण्डाका आधारमा गरिने परिपाटी अन्त गरिनु पर्ने सुझाव दिए ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरुले अख्तियारमा परेका उजुरीहरुलाई चाँडो भन्दा चाँडोे किनारा लगाउने व्यवस्था गरिनु पर्नेमा जोड दिए । अख्तियारमा उजुरी परेको लामो समय सम्म निकास नपाउदा काम गर्न कठिन हुने गरेको इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले गुनासो गरे ।

कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले भष्ट्राचार न्युनिकरण गर्दै नियन्त्रण गर्न अख्तियारलाई अझ सशक्त वनाउनु पर्नेमा जोड दिए । सो कार्यक्रममा प्रदेस नम्बर १का सभामुख प्रदिपकुमार भण्डारी विभिन्न पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख , सञ्चारकर्मी , लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);