देउरबाना गाउँमा दलित अधिकारको लागि दलित दबाब समूह गठन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

देउरबाना गाउँमा दलित अधिकारको लागि दलित दबाब समूह गठन

पर्सा, २७ माघ । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा ४ देउरबाना गाउँमा दलित समुदायको भेला गरि दलित अधिकारको लागि दलित दबाब समूह गठन गरिएको छ । पिसफोर दलितस फाउन्डेसन नेपाल प्रदेश २ को आयोजनामा एक कार्यक्रम गरी सो समुह गठन गरिएको दलित दबाब समूह गठन गरिएको हो ।

भेलाले नागेन्द्र पासवानको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिको स–संयोजक हाकिम मुसहर सदस्य युवराज मुसहर, जग मुसहर, ब्रह्मदेव मुसहर, रामजी पासवान, ठग पासवान, सरस्वती देवी मुसहर, सुखली देवी मुसहर, श्याम कुमार, नागेन्द्र पासवान, सुनैना देवी, मुनि मुसहर गर्नु भएको छ ।

दलित समुदायको समस्या, दलित समुदायको अधिकारको लागि संघर्ष गर्न आवश्यक देखिएको र गाउँपालिकाबाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको दलित समुदायको गुनासो रहेकोे दलित अगुवाहरुले जनाएका छन् ।

सो अवसरमा दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान, पिसफोर दलितस फाउन्डेसन नेपालको अशोक राम, पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य परमान्द राम, दलित अगुवा लगायतको सहभागिता रहेकोे सामाजिक अभियान्ता मनोज रामले जानकारी दिनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);