काठमाडौं, २२ माघ । यसअघि १० लाख डोज कोरोनाविरुद्धको खोप भित्र्याएको नेपालले थप तीन लाख डोज खोप ल्याउने तयारी गरिरहेको छ । खोपको चर्को माग भैरहेको अहिलेको परिस्थितिमा विकसित देशहरु समेत संकटको अवस्थामा छन् । हाल ल्याउन लागिएको तीन लाख डोज खोप चीनबाट ल्याउने तयारी भएको हो ।
यो खोप कत्तिको प्रभावकारी छ ? र थप खोप आयात गरेर सबै नेपालीकोे पहुँचमा पु¥याउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा माउन्टेन टेलिभिजनकी संवाददता संगीता अधिकारीले चीनका लागि नेपालको पूर्वराजदुत समेत रहनुभएका जनस्वास्थ्यविद डाक्टर महेश मास्केसँग कुरा गर्नुभएको छ ।