काठमाडौं, २१ माघ । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् । सपना लामाले दुई गोल गरिन् । यस्तै कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले एक एक गोल गरे ।
जितसंगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । चौदण्डीको यो लगातार छैटौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।