नुवाकोट, २० माघ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा वसको ठक्करबाट मृत्यु भएका विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका १९ वर्षिय दिनेश तामाङ का आफन्तले मृतकलाई क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दे नुवाकोटको विदुर र ढुङ्गेमा प्रर्दशन गरेका छन् ।
प्रर्दशनका कारण नुवाकोट र रसुवामा यातायात ठप्प भएको छ । बजार क्षेत्रमा प्रर्दशन भएसँगै रसुवा र नुवाकोट हुँदै काठमाण्डौ जाने यातायात ठप्प भएका छन् ।आज विहान ६ बजे त्रिशुलीबाट काठमाण्डौतर्फ जान लागेको ग १ ख ८८८९ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको बसले उनलाई ठक्कर दिएको थियो ।
बसले ठक्कर दिएर घाइते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको थियो ।घटनापछि चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।