सर्लाही, १७ माघ । सरकारले क्याबिनेटबाट सिमानाका खोल्ने निर्णय गरे पनि सर्लाही संग जोडिएको सिमा नाका अझै बन्द छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार नेपाल सरकार गृह मन्त्रालय मार्फत पत्र पाए पनि सिमापारी सितामदी सुरक्षा अधिकारी संग यश बारे प्रतिक्रिया लिन खोजे पनि अहिले सम्म कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ ।
सर्लाहीका सिमानाका खोल्न अब भारतिय अधिकारी आए पछि अब को एक दुई दिनमा आवतजावत सहज गर्ने प्रजिअ पौडेलले बताए ।करिव १० महिना देखि सर्वसाधारण खेत आरीको बाटो हुँदै ओहर दोहोर गर्न बाध्य भएका छन् भने मोटरसाइकल , रिकसा साना तथा ठूलो गाडी प्रतिबन्ध अझै कायममै छ ।