सडक किनारमा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

सडक किनारमा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु

एजेन्सी, ६ माघ । भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । सोमबार मध्यराती गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।

उक्त दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र ६ जना घाइते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

उखु बोकेकोे ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । घाइतेहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रधाननमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख ब्यक्त गर्नुभएको छ । मोदीले मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेका प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);