स्थानीय वायुको प्रभाव बढसँगै आगामी तीन दिन आंशिकदेखि सामान्य बदली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्थानीय वायुको प्रभाव बढसँगै आगामी तीन दिन आंशिकदेखि सामान्य बदली

weather

काठमाडाैं, २८ पुष । स्थानीय वायुको प्रभाव बढसँगै आगामी तीन दिन आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबारसम्म भने यी स्थानको मौसम सफा थियो । राम्रोसँग घाम समेत लागेकाले चिसोपन कम भएको थियो । मौसममा देखिएको पछिल्लो परिवर्तनले भने चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तर तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । पानी पार्ने मौसमी प्रणाली नभएकाले पानी पर्ने सम्भावना नरहेको हो । विभागले जनाएको छ। काठमाडौं उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री रहेकामा आज २१ दशमलव ८ डिग्री सेल्सियस छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);