सोमबारबाट प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता सिराहामा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सोमबारबाट प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता सिराहामा सुरु

सिराहा, २७ पुष । स्वास्थ्यकोलागि खेलकुद, राष्ट्रकोलागि खेलकुद भन्ने नारा सहित सोमबारबाट प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता सिराहामा शुरु गरेको छ ।

निर्मल लामा कभर्ड हलको प्रांगणमा ब्याटिंग गरी नगर प्रमुख हरिनारायाण खेलको उद्घाटन गर्नुभयो। सो क्रममा नगर प्रमुख चौधरीले नगरक्षेत्रभित्रका युवाहरुलाई दुव्र्यसनीबाट बचाउन र खेल क्षेत्रको विकासकोलागि धनगढीमाई नगरपालिकाले क्रिकेट कपको आयोजना गरिएको बताउनुभयो ।

स्वस्थ्यकर तरिकाले सबै खेलाडीहरुलाई खेल खेल्न अनुरोध गर्दै नगरप्रमुख चौधरीले खेलाडीहरुलाई थप हौसला प्रदान गर्न नगरपालिकाले चाँडै फुटवल, भलिवल, ब्याडमिन्टन, कराँते लगायतका विभिन्न विधााका खेल प्रतियोगिता शुरु गरिने बताउनुभयो ।

साथै टिम कप्तान तथा खेलाडीहरुलाई जर्सि लगायत आवश्यक खेल सामाग्री प्रदान गरिएको थियो । खेलमा १४ वटा वडा रहेको नगर क्षेभित्रका १२ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको समापन खेल माघ ३ मा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);