राष्ट्रिय सभाको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडाैं, २३ पुष । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने जनाइएको छ ।

बैठकमा नियमित कार्यसूचीका साथै सांसदहरुले प्रतिनिधिसभा विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने बताइएको छ ।

प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक राष्ट्रियसभाको बैठक यही पुस १७ गते बसेको थियो । स्थायी सदन भएकाले राष्ट्रियसभा भने विघटन गर्न मिल्दैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);