पाकिस्तानविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा न्युजिल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

पाकिस्तानविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा न्युजिल्याण्ड विजयी

एजेन्सी, २२ पुष । पाकिस्तानविरुद्धको दुईवटा टेस्ट क्रिकेटको श्रृखला न्युजिल्याण्डले २–० बाट जितेको छ । न्युजिल्याण्डको क्राइस्टचर्चमा दोस्रो टेष्ट एक इनिङ्स १ सय ७६ रनले जितेर घरेलु टोलीले पाकिस्तान विरुद्धको श्रृंखला २–० बाट हात पारेको हो । पाकिस्तानको दोस्रोे इनिङ १ सय ८६ रनमा सिमित भएपछि न्युजिल्याण्डले चौथो दिनमै जित निकालेको हो ।

१ सय ८६ रनमा सिमित भएको पाकिस्तानका अजहर अलि र जाफर गोहारले सबैभन्दाबढी ३७–३७ रन बनाए । न्युजिल्याण्डको जितमा केली जेमिसनले ६ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए । यो टेष्टमा पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा २ सय ९७ रन बनाएको थियो । अजहर अलीले ९३ रन मोहमद रिजवानले ६१ रन बनाए । फाहिम आश्रफले ४८ रन जोड्दा जफर गोहारले ३४ रन बनाए ।

न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिएका थिए । जवाफमा कप्तान केन विलियमसनले दोहोरो शतकीय इनिङ्स खेलेपछि पहिलो इनिङ्समा न्युजिल्याण्डले ६ सय ५९ रनको उच्च योगफल तयार गरेको थियो । न्युजिल्याण्डको उच्च योगफलमा विलियमसनले २ सय ३८ रन बनाए । यस्तै हेनरी निकोल्सले १ सय ५७ रन बनाए । त्यस्तै ड्यारल मिचेलले अविजित रहदै १ सय २ रन बनाए ।

आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेस्टमा न्युजिल्याण्डले पाकिस्तानलाई १ सय १ रनले हराएको थियो । जितसंगै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आइसीसीको टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा पुगेको छ । न्युजिल्यान्डले अष्ट्रेलिया र भारतलाई पछि पार्दै टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएको हो । न्युजिल्यान्डले १ सय १८ अंक बनाएको छ । दोस्रो स्थानमा झरेको अष्ट्रेलिया १ सय १६ र तेस्रो स्थानमा रहेको भारतको १ सय १४ अंक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);