सन्दीप सम्मिलित होबार्ट हुरिकेन्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सन्दीप सम्मिलित होबार्ट हुरिकेन्स पराजित

एजेन्सी, २० पुष । अष्ट्रेलियाको बिग बास लिग बीबीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । अस्ट्रेलियाको होबार्टमा सोमबार होबार्ट हुरिकेन्स मेलबर्न स्टार्ससंग १० रनले पराजित भएको हो ।

खेलमा पहिले व्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो । मेलबर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७ र हिल्टन कार्टराइटले ३६ रन बनाए ।

होबार्टका सन्दीप लामिछानेले ग्लेन म्याक्सवेललाइ आउट गर्दै १ विकेट लिए । त्यसैगरी नाथन इल्सले ३ तथा रिले मेर्डिथले २ विकेट लिए ।

जवाफमा होबार्टले २०ओभरमा ६ विकेट गुमाए १ सय ७३ रन मात्र बनायो । होबार्टका बेन म्याकडर्मेटले ९१ रन बनाएपनि टोलीलाइ जित दिलाउन सकेनन् ।

यो नतिजासंगै ८ खेलमा १८ अंक जोडेर होबार्ट तेस्रो स्थानमा झरेको छ । मेलबर्न स्टार्स ७ खेलमा १५ अंकले चौथो स्थानमा छ । सिड्नी सिक्सर्स २१ अंकबाट पहिलो तथा सिड्नी थन्डर्स १९ अंकबाट दोस्रो स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);