प्रो क्लब च्याम्पियनसिप उपाधिका लागि शनिबार मलेसिया र रुपन्देही भिड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रो क्लब च्याम्पियनसिप उपाधिका लागि शनिबार मलेसिया र रुपन्देही भिड्ने

भैरहवा । भैरहवामा पहिलो पटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि शनिबार भिड्दै छन् । विगतका दश वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै आएको जोहरा इन्टरनेसनल प्रालिले अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवाको क्रिकेट विकासलाई देशव्यापी रूपमा चिनाउनका लागि आयोजना गरेको हो । सेमिफाइनल खेलमा मलेसियाले युपी–११ लाई र रुपन्देहीले नेपाल आर्मीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् । शनिबार दिउँसो २ बजे द्वय टीमबीच फाइनल उपाधिको लागि प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा मलेसिया–११ ले युपी–११ लाई १४ रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली रुपन्देहीले अहिलेसम्म अविजित रहँदै आएको नेपाल आर्मीलाई स्तब्ध बनायो । टस जित्दै ब्यटिङको निर्णय गरेको आर्मीले १९ दशमलव ४ ओभरमा अल आउट हुँदै १ सय ३ रन बनायो । आर्मीका लागी रोहित पौडेलले ३६ रन र हरि चौहानले १७ रन बनाए । बलिङ तर्फ रुपन्देहीका वसिर अहमद र रुपेश कुर्मीले २/२ विकेट लिए ।

१ सय ४ रनको विजयी लक्ष्य सहित मैदान छिरेको रुपन्देहीको ओपनिङ भने सुखद हुन सकेन । रुपन्देहीका ३ जना खेलाडी दोहोरो अंक नै नपुगी पेभेलिएन फर्किए । पाँचौं विकेटको रूपमा मैदान छिरेका वसिर अहमदले पारीलाई सम्हाल्दै उभो लगाए । उनले ३५ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाएर रुपन्देहीको जितको आधार बलियो बनाए ।

रुपन्देहीका लागी सन्दीप रजालीले अविजित १९ रन र विशाल विक्रम केसीले १३ रन बनाए । बलिङतर्फ आर्मीका विक्रम सोबले एक्लैले ३ विकेट लिए ।  वार्नको थाइल्यान्डमा हृदयाघातका कारण गत साता ५२ वर्षको उमेरमा निधन भएको थियो । लेजेन्ड लेग स्पिनर वार्नले ७०८ टेस्ट विकेट लिएका थिए । उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);