सुबास चौलागाई, भक्तपुर, २० पुष । देशभरि कोरोना संक्रमणका दर घट्दै छ तर कन्ट्याक्ट ट्रेसिंङ्गमा सरकारले ध्यान दिन सकिरहेको छेन । भक्तपुरमा मात्र कोरोना भाइरस संक्रमणका कारण एकसय २४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आजसम्ममा ८० जना पुरुष र ४४ जना महिला गरी कोरोना भाइरस संक्रमणका कारण एकसय २४ जनाको मृत्यु भएको छ । कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नगरपालिका मध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिका का ४५ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । जसमा पुरुष २९ र महिला १६ जना रहेको छन् ।
भक्तपुर नगरपालिका पछि मध्यपुर थिमि नगरपालिका का २६ जना पुरुष र १५ जना महिला गरी ४१ जना संक्रमितको मृत्यु भएको छ यता सूर्यविनायक नगरपालिका का १७ पुरुष र १३ महिला गरी ३० जना तथा चाँगुनारायण नगरपालिकाका ७ पुरुष र एक महिला गरी ८ जनाको मृत्यु भएको छ । कार्यालयका अनुसार आजसम्म भक्तपुरमा कूल संक्रमितको संख्या ९ हजार २ सय १६ पुगेका छ । जसमा पुरुष ५ हजार एकसय ९८ र महिला ४ हजार १८ रहेका छन् ।
भक्तपुर चार नगरपालिका मध्ये सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिका मा संक्रमितको संख्या ३ हजार ३ सय ८७ जना पुगेका छन् । जसअनुसार एकहजार ८ सय ७१ पुरुष र एकहजार ५ सय १६ महिला रहेका छन् । सूर्यविनायक नगरपालिकामा एकहजार ७ सय १३ पुरुष र एकहजार २ सय ५५ महिला गरी कूल २ हजार ९ सय ६८ जना संक्रमित पुगेका छन्।
त्यस्तै भक्तपुर नगरपालिकामा ९ सय ३० पुरुष र ८ सय २३ महिला गरी एकहजार ७ सय ५३ र चाँगुनारायण नगरपालिका मा ५ सय २० पुरुष र ३ सय १७ महिला गरी ८ सय ३७ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ । कूल संक्रमित मध्ये भक्तपुरका ४ हजार ९ सय २७ पुरुष र ३ हजार ८ सय ३७ महिला गरी कूल ८ हजार ७ सय ६४ जना संक्रमित डिस्चार्ज भएका छन । भक्तपुरमा चार नगरपालिका मध्ये मध्यपुर थिमि नगरपालिकाका ३ हजार २ सय १७, सूर्यविनायक नगरपालिकाका २ हजार ८ सय ५, भक्तपुर नगरपालिकाका एकहजार ६ सय ८५ र चाँगुनारायण नगरपालिकाका ८ सय एकजना डिस्चार्ज भएका छन् ।
यसैबीच भक्तपुरमा कोरोना भाइरसका सक्रिय संक्रमित ३ सय २८ रहेका छन । जस अनुसार यो समाचार तयार गर्सदा सम्म्म भक्तपुरमा एकसय ९१ पुरुष र एकसय ३७ महिला गरी ३ सय २८ जनामात्रै सक्रिय संक्रमित रहेका छन । सक्रिय संक्रमितमध्ये एकसय ७६ पुरुष र एकसय २८ महिला गरी ३ सय ४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताउनुभयो ।
लक्षण देखिएर धेरै सारो नभएसम्म कोरोना भाइरस परीक्षण गराउने तथा अस्पताल जाने क्रम घटेकाले पनि संक्रमितहरुको संख्या घटिरहेको प्रमुख मिजार ले बताउनुभयो ।