१०५ के.जी. गाँजा लोड रहेको ट्रक सहित मानिस पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

१०५ के.जी. गाँजा लोड रहेको ट्रक सहित मानिस पक्राउ

पर्सा, १९ पुष । जिल्ला पर्सा बिरगंज म.न.पा.२१ स्थित लालपर्सा गाउँ जाने बाटो सडक किनारमा ला.औ.नि.ब्युरो बिरगंजबाट खटिएको प्रहरी टोलीले ना ६ ख ६५२५ नं.को ट्रकलाई बिशेष सुचनाको आधारमा चेकजाचँ गर्दा उक्त ट्रकमा ला.औ.गाँजा ७ वटा पोकामा १५ के.जी.को दरले जम्मा १०५ (एक सय पाँच के.जी.) फेला परेकोले उक्त लागु औषध गाँजा, ट्रक र  निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई लागु औषध कसुर सम्बन्धि शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ।

निम्न:-
१) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१९ बस्ने ट्रक चालक बर्ष ३२को लक्ष्मण सिटौला
२) ऐ.ऐ.बस्ने बर्ष २४ को बिजय तामाङ ।
३) ऐ.ऐ.बस्ने बर्ष १८ को प्रभात तामाङ ।
४) जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.१ बस्ने बर्ष ३७ को निरज लामा ।
५) जिल्ला जितवन राप्ती न.पा. २ बस्ने बर्ष ५० को रानुलाल तामाङ ।
६) जिल्ला मकवानपुर कलैश गा.पा.१० बस्ने बर्ष २६ को रामलाल गोले ।
७) जिल्ला पर्सा सखुवा प्रसौनी गा.पा.३ बस्ने बर्ष ५१ को सहिद मियाव आलम ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);