सवारी दुर्घटना १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

सवारी दुर्घटना १ जनाको मृत्यु

झापा, १७ पुष। मोरङको बिराटनगर महानगरपालिका–३ पिपल चोकमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर–४ का ७५ बर्षीय राम प्रसाद पोखरेल रहेका छन् ।

आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एन एल ०१ एल ५७८४ नम्बरको भारतीय लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री पोखरेललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएका पोखरेलको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने लहरी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);