उखु किसान र सरकारबीच चार बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

उखु किसान र सरकारबीच चार बुँदे सहमति

काठमाडौं, १४ पुष । उद्योगीसँग बक्यौता भुक्तानी माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । सोमबार उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू र किसानहरूबीच चार बुँदे सहमति भएको हो ।

सहमतिसँगै किसानहरुको मंगलबारदेखि धर्ना र आन्दोलन पनि रोकिएको छ। भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबका २१ दिनभित्र किसानको सबै पैसा दिने सहमति भएको हो।भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ।

किसानहरूले सहमति भएसँगै मंगलबारै घर फर्किने तयारी पनि गरेका जनाइएको छ । उखु किसानहरू गत मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलनरत थिए। पछिल्लो एक वर्षमा उनीहरू दोस्रोचोटि काठमाडौं आएका हुन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);