काठमाडौं, १२ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ८१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ ।
उपत्यकामा २ सय ८ जनामा संक्रमण
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ८ जना संक्रमित फेला परेका छन् । जसमा काठमाडौं जिल्लाका १ सय ७५, भक्तपुर जिल्लाका ६ र ललितपुर जिल्लाका २७ जना रहेका छन् ।