एनसेलले ल्यायाे दामी क्यासव्याक योजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एनसेलले ल्यायाे दामी क्यासव्याक योजना

काठमाडौं, ६ पुष । नीजि क्षेत्रको दुरसञ्चार प्रदायक कम्पनी एनसेल अजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ बर्ष २०२१ को उपलक्ष्यमा आफ्ना प्रिपेड ग्राहकका लागि दामी क्यासव्याक योजना ल्याएको छ ।

दामी क्यासव्याक योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन व्यालेन्स पाईने सुनिश्चित गरेको छ । नयाँ योजना अन्तर्गत रु ५० रिचार्ज गर्नै प्रत्येक ग्राहकले कम्तीमा हाल पाइने रु ४९.०२ भन्दा बढी अर्थात रु ५१ मेन ब्यालेन्स प्राप्त गर्दछन् ।

त्यसैगरी रु सय को रिचार्जमा अव कम्तीमा विद्यमान रु ९८.०४ भन्दा बढी रु १ सय २ मेन ब्यालेन्स पाउँछन् । यो योजना आईतबारबाट १५ दिनका लागि सञ्चालनमा रहनेछ ।

योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक रिचार्जमा विद्यमान भन्दा बढी मेन व्यालेन्स प्रदान गरिने यो योजनको प्रमुख विशेषता हो

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);